फार्मेसी अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

फार्मेसी अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग नेपालगञ्जमा कार्यरत फार्मेसी अधिकृत तपेन्द्र भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार स्वास्थ्य क्लिनिक सञ्चालन एवं मेडिकल स्टोर दर्ता प्रक्रिया सहज बनाइदिने बहानामा सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोग लागेको छ ।

आरोपी भट्टराईविरुद्ध हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले मेचीनगर नगरपालिका कार्यालय, कृषि विकास शाखा, चारआली, झापाका कृषि प्रसार अधिकृत शिवशंकर कुसियैतविरुद्ध पनि विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

कृषि प्रसार अधिकृतमाथि साना सिँचाइ निर्माण तथा मर्मत आयोजनाका लागि अनुदान रकमको चेक निकासा गर्दा रु छ हजार घुस मागेको अभियोग लागेको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.