नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने विरुद्ध मुद्दा

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको जनाउँदै छ कर्मचारीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालका प्रहरी नायब निरीक्षक नगेन्द्रकुमार भगत, सरस्वती चौतारा निमावि तुल्सीपुर दाङका शिक्षक अञ्जना शाह र पद्मकन्या मावि डिल्लीबजार काठमाडौँका धनप्रसाद घिमिरेले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर सेवा गरेको पाइएकाले मुद्दा दायर गरिएको हो ।

यस्तै पूर्वाञ्चल विश्वविद्यालयका पुस्तकालय सहायक अमीर श्रेष्ठ, विराटनगर महानगरपालिका मोरङका खरिदार धनकुमार लामा र प्राथमिक विद्यालय बारुटोल रौतहटका राहत शिक्षक उषा यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणत्र पेश गरेर सेवा गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.