घूससहित दुई कर्मचारी पक्राउ

घूससहित दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका दुई जना प्राविधिक कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।

विद्यालय भवन निर्माण गर्दा गलत बिल फछ्र्यौट गरिदिने भन्दै रु एक लाख घूस लिँदालिँदै चिप्लेढुङ्गास्थित एक रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउपर्नेमा इन्जिनियर छवीन्द्रविक्रम खाँड र सबइन्जिनियर प्रदीपकुमार बानियाँ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र छानबिन शुरु गरिएको सो कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.