डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी
देशका अन्य जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका बेला डडेल्धुरामा भने कमी आएको छ ।
देशका अन्य जिल्लाका तुलनामा डडेल्धुरामा जबर्जस्तीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले देखाएको छ । चालू आर्थिक वषर्मा नौ महिनाको अवधिमा जबर्जस्ती करणीका तीनवटा मुद्दा मात्रै दर्ता भएका छन् भने आव २०७२-०७३ मा चार, आव २०७१÷०७२ मा छ जबर्जस्तीका घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले जगाएको जनचेतनाका साथै प्रहरीको सक्रियताका कारणले जबर्जस्ती करणीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।
प्रहरीको तथ्यांकअनुसार जबर्जस्तीका घटना शहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रमा मात्रै भएका छन् । यसैगरी, जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले तीन महिनामा जिल्लाका सातवटै स्थानीय तहमा जबर्जस्ती करणीका घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमको आयोजना गरी जबर्जस्ती करणीका घटनालाई न्यूनीकरण गर्नका लागि तीनमहिने कार्ययोजनासमेत बनाएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...