रिमिक्स गेष्ट हाउसको दोश्रो तलामा प्रहरी छापा

रिमिक्स गेष्ट हाउसको दोश्रो तलामा प्रहरी छापा

काठमाडौँ महानगरपालिका–२६ मित्रनगर स्थित सिन्धुली रिमिक्स गेष्ट हाउसको दोश्रो तलामा प्रहरीले छापा मारेर जसवा तास खेल्नेलाई नियन्त्रणमा लिएको छ।

प्रेम बहादुर माझीले सञ्चालन गरेको जसवा खालमा छापा मारेर प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट नेपाली ५१ हजार ६ सय रुपैयाँ, साउदी रियल २ सय ८५, भारतीय ३ सय रुपैयाँ, युएस डलर १ र ३ बुक तास बरामद गरिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.