लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई १३ लाख लुटपाट

लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई १३ लाख लुटपाट

उदयपुर कटारी नगरपालिका ८ बर्मी स्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौ रुपैया लुटपाट गर्ने व्यक्ती २ घन्टा भित्रै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने ओखलढुङगा चिसंम्खु गाऊपालिका ३ का ५४ बर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । हिजो बेलुका ५ बजे उदयपुर कटारी नगरपालिका ४ का २५ बर्षीय प्रकाश श्रेष्ठले चलाई ल्याएको प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुंङगा खाद्यन पुराई काटारी तर्फ आउने क्रममा रमेशले म पनि ब्यापारी हो समान लिन कटारी जाने भनि उक्त गाडिमा लिफ्ट मागी आएका थिए ।

आउने क्रममा बर्मी जंङगलमा पिसाव फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडीबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम रु. १३ लाख ७७ हजार ८ सय ९५ रुपैया र मोबायल समेत लुटपाट गरी फरार भएका थिए । केही समय पश्चात होसमा आई प्रहरीलाई खबर गर्न साथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट बेलुका ७ बजे लुटपाटमा संलग्न रमेशलाई लुटपाट गरेको नगद र मोबाईल सहित पक्राउ गरेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.