डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

डाँका चोरी मुद्दामा १२ वर्षदेखि फरार रहेका प्रतिवादी विश्रामपुर गाउँपालिका-५ बस्ने ४० वर्षीय पन्नालाल महतो धानुकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराको २०६६ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा ६ वर्ष कैद र ६४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बाराको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.