गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी

गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा प्रदेशका सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।

आइतबार शुरु भएको गोष्ठीको आज गमलामा पानी राखेर गृहमन्त्री रामबहादुर थापाले औपचारिक उद्घाटन गर्नुभयो । गोष्ठीमा गृहमन्त्री थापासहित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रामशरण बस्नेतसहित चारवटै सुरक्षा निकायमा उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको छ । गोष्ठीमा सबै जिल्लाबाट आएका सुरक्षा विश्लेषणका आधारमा गृह मन्त्रालयले सुरक्षासम्बन्धी नयाँ रणनीति बनाउने जनाइएको छ ।

गृह मन्त्रालयका अनुसार अन्य प्रदेशमा पनि छिट्टै सुरक्षा गोष्ठीको मिति तोकिने कार्यक्रम छ । गतवर्ष नै हुनुपर्ने गोष्ठी कोरोनाका कारण रोकिएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.