तनहुँमा वृद्धा हत्याको अभियोगमा एकजना पक्राउ
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन् । उनलाई दमौली बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वृद्धाको हत्या भएको अवस्थामा आज बिहान घरभित्रै शव फेला परेको थियो । घटनामा संलग्न रही फरार रहेका गौतमलाई व्यास नगरपालिका–२ स्थित सहिदगेटमा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
ढकालको शव आफ्नै घरभित्र भुइँमा दुवै हात खुट्टा र घाँटीमा कपडाले बाँधी मृत अवस्थामा फेला परेको थियो । उनको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । शव फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । “घटनास्थलमा कुकुर समेत परिचालित गरी सुक्ष्म रुपमा अनुसन्धान गर्दा हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई दमौली बजारबाट पक्राउ गर्न सफल भएका छौं”, प्रहरी उपरिक्षक पौडेलले भने, “थप अनुसन्धान जारी छ ।”
ढकालको श्रीमान् र बुहारी सोही वडाको स्वाँरामा बस्दै आएका छन् । जेठो छोराको घर पनि नजिकै छ । बिहान ७ बजे ज्वाईले ती वृद्धाको घरको पिढीमा दूध राखेर अन्यत्र दूध पु¥याउन गएका थिए । फर्केर आउँदा पनि पिढीमै दूध देखेपछि उनी घरभित्र पसेका थिए । घरको ढोका खुल्ला अवस्थामा थियो । भित्र हेर्दा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...