अछाममा ८ वर्षीय बालकको हत्या

अछाममा ८ वर्षीय बालकको हत्या

अछाममा ८ वर्षीय एक बालकको हत्या भएको छ।

जिल्लाकाे साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटका ८ वर्षीय बालक हिमाल विकको  ढुंगाले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बालकको हत्या आरोपमा सोही ठाउँका गणेश सुनारलाई पक्राउ गरेकाे छ । पक्राउ परेका सुनारले पहिले  पनि गाउँका मान्छेलाई कुटपिट गर्ने गरेको प्रहरीले जनाएकाे छ ।

शनिबार दिउसो २ बजे उनी छोरासँगै घरबाट बाहिर निस्केका थिए । बाटोमा ती बालकसँग भेटभएर बोलचाल भएपछि उनले ढुंगाले हानेर हत्या गरेको खवर साथमा रहेका छोराले घरमा आमालाई सुनाएका थिए।

पछि घटनास्थलमा पुग्दा बालक घाइते अवस्थामा थिए। उनलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाने तयारी गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.