१० किलो लागुऔषध अफिमसहित दुई जना पक्राउ

१० किलो लागुऔषध अफिमसहित दुई जना पक्राउ

प्रहरीले बाँकेबाट १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६ः३० मिनेटमा कुसुम बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय वसन्त घर्तीमगर रहेका छन् । प्रहरीले उनीहरुबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा एक केजीका दरले बनाइएका १० वटा अफिमका पोका बरामद गरेकाे थियो ।

आजै जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागुऔषध अफिमसहित उनीहरुलाई सार्वजनिक गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.