
काठमाडौंको गोंगबुमा भएको एउटा क्रुर हत्या
काठमाडौंको गोंगबुमा २०७७ साल साउन २५ गते विहान सुटकेशमा एक व्यक्तिको शव फेला परेको थियो।
प्रहरीले २६ गते मात्र सो शव दाङका कृष्णबहादुर बोहोरो भएको पुष्टि गर्यो। सुटकेशभित्र टाउको बिनाको शव थियो भने त्यसको केही मिटर पर झोलामा टाउको र खुट्टा भेटिएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले २७ गते पत्रकार सम्मेलन गरेर कल्पना मुडभरी पौडेललाई सार्वजनिक गर्यो। उनी नै बोहराको हत्या गर्ने योजनाकार भएको प्रहरीले दाबी गर्यो। उनीसँगै उनकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। छोरीले आमालाई शव ब्यवस्थापनमा सघाएको प्रहरीको दाबी थियो।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन(चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिए।चिनजानपछि उनीहरू नजिक भए।
‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने,‘केही दिनअघि उनले कृष्णबहादुरलाई दहीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्।’
सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो कुकुर हो। उसले शवको टाउको खुट्टा फेला पारेको थियो।
महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न पौडेलले टाउको र खुट्टा काटेकी थिइन्।
‘शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिन्छ,’ एसएसपी थापाले भने। प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो।
‘हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिन्छ,’ उनले भने।
अरु समाचार
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या
काठमाडौंको चन्द्रागिरिमा एक पुरूषको हत्या भएको छ। महानगरीय प्रहरी ...
३० बिगाहा जग्गामा लगाएको अवैध लागूऔषध गाँज...
राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटार...
स्रोत नखुलेको ३७ लाख नगद सहित पक्राउ
चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैया...
मावन बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ
गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रह...
विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राख्ने...
भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृ...
बेलायत बस्दै आएका गायकको मृत्यु
करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भे...
थानाभर्याङमा पुरुषको शव फेला
हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज बिहान अन्दाजी ४५ वर्षीय ...
अपहरण तथा शरिर वन्धक गर्ने विदेशी नागरीक स...
अपहरण तथा शरिर वन्धक गर्ने विदेशी नागरीक सहित ४ जना व्यक्ति पक्राउ ...