अटोमेटिक पेस्तोलसहित एक पक्राउ

अटोमेटिक पेस्तोलसहित एक पक्राउ

प्रहरीले जनकपुर उपमहानगरपालिका-१० बाह्रबिघाबाट एक थान ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मुखियापट्टी मुसरहनिया गाउँपालिका-३ बस्ने २१ वर्षीय सुजित यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ज.१ ह ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई जाँच गर्दा उनको साथमा रहेको कालो रंगको झोलामा चिनी भित्र लुकाईछिपाई राखेको उक्त पेस्तोलसहित सोमबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.