अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

प्रहरीले आइतबार पोखरा महानगरपलिका-१० शिवमार्गबाट १ किलो २०० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका-४ बाङगेश्वारा घर भई हाल पोखरा महानगरपलिका-१० शिवमार्ग बस्ने २० वर्षीय जीत बहादुर बि.क. र धादिङ सिद्धलेक गाउँपालिका-६ कुम्पुर घर भई हाल पोखरा महानगरपालिका-१० बस्ने २३ वर्षिय रोहित घले रहेका छन् ।

पोखरा महानगरपालिका-१० शिवमार्ग स्थित केहि व्यक्तिहरुले अवैध लागूऔषध गाँजा सेवन तथा बिक्री वितरण समेत गरिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका निजहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजारले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.