काठमाडौं छिर्न प्रहरीलाई घुस दिन खोज्ने एक पक्राउ

काठमाडौं छिर्न प्रहरीलाई घुस दिन खोज्ने एक पक्राउ

काठमाडौं छिर्न प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ४ घर भएको बताउने ३३ वर्षीय अनिल महर्जन रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले नागढुङ्गाबाट पक्राउ गरेको हो।

उनी बिहीबार बिहान धादिङबाट काठमाडौंतर्फ बा ३ ख ३१०१ नम्बरको सवारी साधनमा आएका थिए। उनीसँग सवारी पास नभएपछि प्रहरीले उनलाई धादिङ तर्फ नै फर्काउन खोजेको थियो। साेहि क्रममा उनले प्रहरीलाई एक हजार रूपैयाँ दिन खाेजेका थिए ।

उनीविरूद्द मुलुकी अपराध संहिता २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गरिएको वृत्तले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.