प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.३ ख ३१०१ नम्बरको माइक्रोबसका चालक नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३३ वर्षीय अनिल महर्जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धादिङबाट काठमाडौं आउँदै गरेको उक्त माइक्रोबस प्रहरीले जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको पाइएको र चालक महर्जनले नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनी पक्राउ परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.