नक्कली नेपाली नोट सहित पक्राउ    

नक्कली नेपाली नोट सहित पक्राउ    

काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ गुल्फुटार बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय प्रशान्त सिंह ठकुरीलाई १ हजार दरको १९ थान नक्कली नेपाली नोटसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले आफ्नो मोबाईल अनलाईनमा बिक्रीको लागि राखेको र सो मोवाईल खरिद गर्नको लागि फोन मार्फत सम्पर्क गरी एकजना ब्यक्तिले मोबाइल खरिद गर्दा दिएको २० हजार ५ सय रुपैयाँमध्ये १ हजार दरको १९ थान नक्कली जस्तो देखिएको घटनाको अनुसन्धानका लागि खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.