बैंकिङ कसुरमा संलग्न ब्यक्ति पक्राउ

बैंकिङ कसुरमा संलग्न ब्यक्ति पक्राउ

बैंकिङ कसुरमा संलग्न रहेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने ४३ वर्षीय चुडामणी कँडेललाई साउन २ गते प्रहरीले पक्राउ गरेको छ ।

चुडामणीले मणी कँडेलको नामबाट समेत गरी २ वटा नामबाट बिभिन्न बैंक तथा बित्तीय संस्थाहरुमा खाता खोली बिभिन्न ब्यक्तिहरुलाई ब्यापारिक सिलसिलामा रकम पर्याप्त नभएको चेक दिई फरार भएकाले पक्राउ गरी कानुनी प्रकृया बढाइएको  छ ।

उनले एनएमबी बैंक र माछापुच्छ्रे बैंकको २२ लाखको चेक दिएकोमा भुक्तनी नभई फिर्ता भएको थियो भने ५ वटा सहकारीहरुमा समेत खाता खोली कारोवार गरेको अनुसन्धानको क्रममा देखिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.