भन्सार छली ल्याउँदै गरेको कपडा सहित ४ जना पक्राउ

भन्सार छली ल्याउँदै गरेको कपडा सहित ४ जना पक्राउ

बाराकाे कलैया उपमहानगरपालिका-१२ शितलपुर टोलस्थित सडकबाट भन्सार छली ल्याउँदै गरेको करिब ५ लाख ८ हजार ८ सय ७० रुपैयाँ मूल्य बराबरको कपडा सहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिकामा-२० बस्ने ४१ वर्षीय रफिक अंसारी, २२ वर्षीय रिजवान मन्सुरी, ४१ वर्षीय जंगीलाल साह र २२ वर्षीय जोखु पासवान रहेका छन् । उक्त स्थानमा प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ना.२ ह३३६३ नम्बर र ना.२ ह ५४४० नम्बरको अटोमाभन्सार छली नेपालतर्फ ल्याउँदै गरेका उक्त कपडा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ व्यक्तिहरुलाई बरामद कपडा तथा अटोसहित भन्सार ऐन अनुसार आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.