लकडाउनको समयमा लागूऔषधसहित दुई पक्राउ

लकडाउनको समयमा लागूऔषधसहित दुई पक्राउ

कोरोना भाइरसको कारण मुलुकमा लकडाउन लागू भएर सारा जनजीवन अस्तव्यस्त भइरहेको समयमा रुपन्देहीको बुटवलबाट अवैध लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी चौकी देविनगरमा प्रमुख प्रहरी नायब निरीक्षक (सई) रुमबहादुर केसी नेतृत्वको प्रहरी टोलिले बुटवलको देविनगर नजिकैबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्नेमा स्थानीय ३१ बर्षिय शिव थापा र २३ बर्षिय ईन्द्र गुरुङ छन् ।

प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध नुर्फिन २० एम्पुल, सेरिज्याक २० एम्पुल र फेनारगन २० एम्पुल बरामद गरेको छ। सडकमा हिड्दै गरेका उनीहरुको व्यबहार शंकास्पद देखिएपछी सई केसी नेतृत्वको प्रहरी टोलिले जिउ खानतलासी गर्दा सो अवैध लागूऔषध बरामद भएको थियो ।

पक्राउ परेका दुबैजनालाई हिरासतमा लिएर लागूऔषध मुद्दामा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्गबहादुर खत्रीले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.