खानेपानीका टेक्निसियन २ लाख घूससहित पक्राउ

खानेपानीका टेक्निसियन २ लाख घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेरीगंगा नगरपालिका, सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियनलाई २ लाख घूससहित पक्राउ गरेकाे छ ।

केसीले भेरीगंगा नगरपालिका ११ स्थित तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिएकाे अभियाेगमा अख्तियारले टेक्निसियन चित्रबहादुर केसीलाई पक्राउ गरेको हो ।

उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.