जुवा तास खेल्दै गरेका प्रधानाध्यापकसहित ८ जना पक्राउ

जुवा तास खेल्दै गरेका प्रधानाध्यापकसहित ८ जना पक्राउ

प्रहरीले झापाबाट जुवा तास खेलिरहेको अवस्थामा सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित आठ जनालाई पक्राउ गरेको छ ।

जिल्लाकाे गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई प्रहरीले पक्राउ गरेको हाे ।

स्थानीयवासीले दिएको जानकारीका आधारमा उनीहरुलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले रु ९१ हजार ३८० र सात मोबाइल बरामद गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.