डोटीमा अज्ञात समूहद्वारा दुई स्काभेटरमा आगजनी

डोटीमा अज्ञात समूहद्वारा दुई स्काभेटरमा आगजनी

अज्ञात समूहले डोटीको छुट्टाछुट्टै स्थानमा बाटो सफा गर्दै गरेको दुई वटा स्काभेटरमा आगजनी गरेको छ।

जिल्लाकाे सायल गाउँपालिका १ छपालीमा बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटरमा बुधबार राती अज्ञात समूहले आगजनी गरेको हाे ।

बिहान आगो लागिरहेको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । त्यस पछि स्थानीय र प्रहरीले आगो नियन्त्रणामा लिएका थिए ।

त्यस्तै आदर्श गाउँपालिका ३ काँडीस्याउलेमा रहेको आन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काठमाडौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समूहले आगजनी गरेको हाे ।

एकै समयमा दुईवटा ठाउँमा आगजनी हुनुले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको संलग्नता हुनसक्ने अनुमान गरिएको भएपनि कसले आगजनी गर्यो भन्ने अझै नहुलेको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित नेकपाका डोटी इञ्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.