‘सलाम’ नगरेको भन्दै सिंहदरबारका प्रहरी निरीक्षकले कुटे प्रहरी जवान

‘सलाम’ नगरेको भन्दै सिंहदरबारका प्रहरी निरीक्षकले कुटे प्रहरी जवान

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम सुवेदीले प्रहरी जवान बलबहादुर विश्वकर्मालाई कुटपिट गरेका छन् ।

कार्यालय समयमा ड्युटी गरिरहेका प्रहरी जवान विश्वकर्मालाई इन्स्पेक्टर सुवेदीले ड्युटीमा काम गरिरहेका बेला कुटपिट गरेका हुन् ।

श्रोतका अनुसार सलाम गर्न नभ्याउँदा ड्युटीको समयमा काम गरिरहेका प्रहरी जवान विश्वकर्मालाई इन्सपेक्टर सुवेदीले कुटपिट गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीले घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

यता प्रहरी निरीक्षक सुवेदीले भने विश्वकर्मामाथि आफूले कुटपिट गरेको नभई सम्झाएको मात्र बताएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.