सामान्य बादबिबाद पछी भएकाे कुटपिटबाट एक जनाकाे मृत्यु

सामान्य बादबिबाद पछी भएकाे कुटपिटबाट एक जनाकाे मृत्यु

उदयपुरको कटारी नगरपालिका-१० राम्चेमा सामान्य बादबिबाद पछी भएकाे कुटपिटबाट एक जनाकाे मृत्यु भएको छ ।

सोमवार राती ९ बजे स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र ६६ बर्षीय बल बहादुर सुनुवार बिच सामान्य बादबिबाद भई कुटपिट हुँदा बल बहादुरकाे मृत्यु भएको हाे ।

कुटपिटबाट गम्भिर घाइते भएका बल बहादुरकाे उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.