विप्लव समूहका कार्यकर्ता भक्तपुरबाट पक्राउ

विप्लव समूहका कार्यकर्ता भक्तपुरबाट पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपाल्चोक जिल्ला सचिवलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

सोमबार दिउँसो मध्यपुर ठिमी नगरपालिका–४, नयाँठिमीस्थित चारदोबाटोमा अपरिचित ब्यक्तिले स्थानीय ब्यापारीहरुलाई धाक धम्की दिई जवरजस्ती चन्दा असुली गरी हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको टोलीले मेलम्ची नगरपालिका-९ का ४४ वर्षीय भुवनसिंह तामाङलाई पक्राउ गरेको हो।

पक्राउ परेका तामाङ प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको र उनी सिन्धुपाल्चोक जिल्लाको सेक्रेटरी समेत भन्ने बुझिन आएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.