गेस्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ

गेस्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ

धनुषाको लक्ष्मिनयाँस्थित एक गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले लक्ष्मिनियाँ गाउँपालिका ४ सपहीस्थित मेन रोडमा सञ्चालनमा रहेको अमरज्योति लज एण्ड गेष्ट हाउसबाट ती जोडीलाई पक्राउ गरेको हाे ।

उक्त गेस्ट हाउसका सञ्चालकले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको प्रहरीको भनाइ छ । उक्त गेस्ट हाउसका सञ्चालक फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ ।

पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.