सालकको खपटासहित ३ जना पक्राउ

सालकको खपटासहित ३ जना पक्राउ

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट सालकको खपटा सहित ३ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३० वर्षीय गौरब गौतम, ३० वर्षीय कृष्ण बहादुर गोले र सोही उपमहानगरपालिका-११ बस्ने ४८ वर्षीय सूर्य लामा रहेका छन् । प्रहरीले उनिहरुकाे साथबाट २ किलो १ सय ९० ग्राम सालकको खपटा बरामद गरेकाे छ ।

सोही स्थानस्थित खसी बजारमा सालकको खपटा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त सालकको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.