गाेरखामा धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या

गाेरखामा धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या

गाेरखामा गए राती धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या भएकाे छ ।

जिल्लाकाे सिरानचोक गाउँपालिका–८ फिनामटारकी ७० बर्षीया मनमाया श्रेष्ठको हत्या भएकाे हाे । घरमा एक्लै बस्दै आएकी श्रेष्ठको वुधबार राति घाँटीमा धारिलो हतियारले घोचेर हत्या भएकाे प्रहरीले जनाएको छ ।

बिहीबार विहान ११ बजेसम्म पनि नउठेपछि गाउँले गएर हेर्दा मृत्त अवस्थामा देखे पछी उनिहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय जौवारीको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेकाे छ ।

प्रहरीले अनुसन्धानकाे लागी हत्या गरेको आशंकामा दुई जनालाई पक्राउ गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.