बुढानिलकण्ठबाट लागुऔषध सहित दुई जना पक्राउ

बुढानिलकण्ठबाट लागुऔषध सहित दुई जना पक्राउ

महानगरीय प्रहरी प्रभाग कपनले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रामेछापका मन्जिल राई र बुढानिलकण्ठ नगरपालिका-११ प्युटार घर हुने बर्ष २४ को अमृत श्रेष्ठ रहेका छन् । प्रहरी उनिहरूलाई बुढानिलकण्ठ नगरपालिका- ११ प्युटारबाट पक्राउ गरेको हाे ।

उनिहरूको कोठबाट प्रहरीले लागुऔषध डाईजेपाम, नुफिन र फेनरागन गरी ६६ एम्पुल त्यसै गरी ब्राउन सुगर २ ग्राम, ट्रामाडोल १०५ ट्याब्लेट, लागुऔषधले भरिएको सिरिञ्ज थान-१, खाली सिरिञ्ज थान १, नगद १७ हजार ५ सय रूपैयाँ मोवाईल ३ थान बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुमाथी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.