गाउँपालिका प्रमुखको गाडीमा आगजनी

गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले प्रयोग गर्दै आएको सरकारी गाडीमा गए राती अज्ञात समूहले आगजनी गरेको छ ।

रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलस्थित निवासमा पार्किङमा राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा नचिनेका मान्छेको समूहले गए राति आगजनी गरेको हो ।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।  घटना कसले र किन गराएको भन्ने खुल्न नसकेकाे र सो विषयमा अध्ययन भइरहेको प्रहरीले जनएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.