युवकको हत्या आरोपमा चारजना पक्राउ

युवकको हत्या आरोपमा चारजना पक्राउ

चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । भरतपुर २७ निवासी २६ बर्षिय अभिनाष महतोको हत्या गरेको आरोपमा प्रहरीले सोहिस्थानका पाँचजनालाई पक्राउ गरेको हो ।

हत्याको आरोपमा भरतपुर २७ का २६ वर्षीय दीपेन्द्र महतो, २७ वर्षय यम कुमार महतो, २५ वर्षीय विनोदकुमार महतो र २० वर्षीय विजय महतोलाई पक्राउ गरीएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

उनीहरुसँगै एक किशोरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनको नाम ठेगाना गोप्य राखिएको छ ।

स्थानीय एक युवतीलाई भेट्न भएका अविनासकाे गएको मंसिर १२ गते राति हत्या गरी भरतपुर २७ अन्जना घोलमा शव गाडेको अवस्थामा फेला परेको थियो।

पक्राउ पर्नेहरूलाई पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.