प्रहरीलाई नगद ४ हजार रुपैयाँ घुस दिन खोज्ने एक पक्राउ

प्रहरीलाई नगद ४ हजार रुपैयाँ घुस दिन खोज्ने एक पक्राउ

प्रहरीलाई नगद ४ हजार रुपैयाँ घुस दिन खोज्ने भक्तपुर सूर्यविनायक नगरपालिका-१ सिरुटार बस्ने २९ वर्षीय अरुण थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१५ चापागाउँ दोवाटोस्थित ट्राफिक चेकिङको क्रममा बा.६८ प २९७१ नम्बरको मोटरसाइकल चालक थापाले कागजपत्र नभएकाले प्रहरीलाई उक्त नगद दिई प्रलोभनमा पार्न खोजेपछि उनलाई उक्त रकम सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.