सडक विस्तारकाे क्रममा गोदावरीमा स्थानीयले कुटे स्काभेटर चालक

सडक विस्तारकाे क्रममा गोदावरीमा स्थानीयले कुटे स्काभेटर चालक

सडक विस्तारको काम गरिरहेका एस्काभेटरका चालकलाई स्थानीयले कुटपिट गरेका छन् ।

ललितपुरको गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डकाम गरिरहेका बेला ठेकेदार लामा-समामान्तर जेभीका एक्स्काभेटर चालकमाथि स्थानीयले कुटपिट गरेका हुन् ।

स्थानीयको कुटपिटका कारण एस्काभेटरका चालक सन्तोष कोइरालाको हात भाँचिएको छ । कुटपिटबाट घाइते चालक मेडिसीटी अस्पताल लगिएको थियो । उनलाई थप उपचारका लागी बीएन्डबी अस्पताल लैजाने तयारी छ ।

सडक विस्तार पीडित संघर्ष समितिको नाममा आन्दोलनमा उत्रिएका स्थानीय कुटपिटमा उत्रिएपछि ठेकेदार कम्पनीले सुरक्षा माग गरेको छ ।

स्थानीयले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा मागेको छ ।

बाडेगाउँ-गोदावरीको ३ किलोमिटरको सडक विस्तारमा पहिले सेन्टरबाट १०-१० मिटर फराकिलो बनाउने निर्णय भएको थियो। तर स्थानीयले पटक/पटक विरोध गरेपछि सहमतिमा सडक ८ मिटरमा घटाएको थियाे ।

सैअनुसार काम अघि बढाउँदा पनि स्थानीयले अवरोध सिर्जना गर्दा समस्या भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.