अवैध लागूऔषध सहित एक पक्राउ

अवैध लागूऔषध सहित एक पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा काठमाडौं–६ रामनगर बस्ने गोरखाको चुमनोबी गाउँपालिका–४ का ५६ वर्षीय ओडगेन लामा छन्। उनलाई ब्यूरोको टोलीले आइतबार साँझ धुम्बराहीबाट पक्राउ गरेको हो।

ब्यूरोको टोलीले लामाकाे साथबाट लागू औषध एम्फेटामाईन २९ ग्राम, कोकिन ४ ग्राम र यावा ९९ ट्याबलेट बरामद गरेको छ । साथै प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनको कोठा तलासी गर्दा कोठामा लुकाई छिपाई राखेको लागूऔषध एम्फेटामाईन १ किलो २ सय ग्राम, कोकिन ८६ ग्राम र यावा ७ सय १२ ट्याबलेट बरामद गरेको छ ।

पक्राउ परेका लामा यसअघि २०६२ कात्तिकमा ५६ किलो ४ सय ग्राम चरेससहित पक्राउ परेका व्यक्ति भएको पाइएको छ। त्यसबेला उनी लागूऔषध मुद्दामा साढे २ वर्ष कैद बसेर छुटेका थिए।

उनी भारतमा बसी नेपालको पूर्वी सिमानाका हुँदै काठमाडौंलाई केन्द्रीत गरी लागूऔषध कारोवार गर्ने मुख्य व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.