बाल सुधार गृहबाट फरार भएका दुई पक्राउ
बाल सुधार गृह बिराटनगरबाट मंसिर ९ गते भागी फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरु १७ वर्षीय किशोर तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
उक्त प्रहरी टोलीले १८ वर्षीय किशोरलाई सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउबाट शुक्रबार र १७ वर्षीय किशोरलाई झापा, बिर्तामोड नगरपालिका-१ बाट शनिबार पक्राउ गरेको हो ।
१८ वर्षीय किशोरलाई जिल्ला अदालतको २०७६ असार ५ गतेको आदेशले पुर्पक्षको लागि बाल सुधार गृहमा बस्दै आएका थिए भने १७ वर्षीय किशोर जिल्ला अदालत झापाको आदेशले २०७६ श्रावण १७ गतेदेखि उक्त बाल सुधार गृहमा रहँदै आएका थिए ।
बाल सुधार गृहमा रहेका दुवै प्रतिवादीहरू फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक राजकुमार खिउजूको संयोजकत्वमा छानवीन समिति गठन भई अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...