मोटरसाइकल ओभरटेक गरेको भन्दै हेलमेटले हानेर युवकको हत्या

मोटरसाइकल ओभरटेक गरेको भन्दै हेलमेटले हानेर युवकको हत्या

कञ्चनपुरमा एक समूहले मोटरसाइकल ओभरटेक गरेको निहुँमा युवकलाई कुटपिट गरी हत्या गरेको छ ।

बिहीबार भीमदत्त नगरपालिका–१८ गोबरैयामा २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चारजनाको समूहले चक्कु र हेलमेट प्रहार गरेर हत्या गरेका थिए ।

प्रहरीले दीपकमाथि कुटपिट गर्ने चार जनासहित स्कुटी र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पन्तमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

मोटरसाइलमा सवार पन्तलाई चारजनाको समूहले आफूहरुको स्कुटरलाई किन ओभरटेक गरेको भन्दै कुटपिट गरेका थिए । कुटपिटबाट घाइते पन्तलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारत रेफर गरिएको थियो । भारत लैजादै गर्दा उनको बाटोमा ज्यान गएको हो ।

पन्तको शव महाकाली अस्पतालमा राखिएको छ । पीडित परिवारले कुटपिट गर्ने सबैमाथि कारबाहीको माग गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.