टिपरमा लुकाइ काठमाडौं लैजान लागेको अवैध काठसहित दुई पक्राउ

टिपरमा लुकाइ काठमाडौं लैजान लागेको अवैध काठसहित दुई पक्राउ

प्रहरीले धादिङबाट टिपरमा लुकाइ काठमाडौं लैजान लागेको अवैध काठसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका १० टारीबेंसीस्थित सुकौरा होटलका सञ्चालक नवराज भनिने ४३ वर्षीय हिरालाल तिमिल्सिना र टिप्पर चालक ३५ वर्षीय जीवन विक रहेका छन् ।

प्रहरीले बुधबार उनिहरुलाई वा ५ ख १८४९ नम्बरको बालुवा बोकेको टिपरमा लुकाइएको सालको काठसहित नीलकण्ठ ८ बगैंचाबाट पक्राउ गरेकाे हाे ।

टिपरबाट ४० क्युविक फिट झ्यालढोकाको चौकोस बरामद गरिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.