सिद्धबाबा प्रकरण : थुनछेक बहस चल्दै, अदालत अगाडि प्रदर्शन

सिद्धबाबा प्रकरण : थुनछेक बहस चल्दै, अदालत अगाडि प्रदर्शन

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सुरु भएको छ।

जिल्ला अदालतले थुनछेक बहसपछि सादा तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षको लागि थुनामा राखी कारवाही गर्ने भन्ने बारे आज फैसला गर्ने छ । कृष्णदासको समर्थकहरु उनको पक्षमा फैसलाको लागि दबाब दिन अदालत अघि भेला भएका छन् । उता कृष्णदासलाई सजाय माग गर्दै महिला अधिकारवादीहरुले आन्दोलन गरीरहेका छन् ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाँचौं पटक ३ दिनको म्याद थपिएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.