सिद्धबाबालाई पुनः ३ दिनकाे म्याद थप

सिद्धबाबालाई पुनः ३ दिनकाे म्याद थप

जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पाँचौ पटक थप ३ दिनको म्याद थप गरिएको छ ।

सुनसरी जिल्ला अदालतले उनलाई ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ ।

बिराटनगरस्थित बिराट नर्सिङ होमको भीआइपी क्याबिनमा डेरा जमाई बस्दै आएका कृष्णदासलाई म्याद थपकालागि प्रहरीले अक्सिजन सहित एम्बुलेन्समा राखेर जिल्ला अदालत सुनसरी पुर्याउदै आएको छ ।

म्याद थपसगै उनलाई फेरी बिराटनगर फर्काेइएको छ ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराटनगरको विराट नर्सिङ होमको आईसीयूबाट सिद्धबाबालाई पक्राउ गरी एम्बुलेन्समा हालेर इनरुवा पु¥याएको थियो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.