बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहित चार जनाविरुद्ध विषेश अदालतमा मुद्दा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहित चार जनाविरुद्ध विषेश अदालतमा मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रारसहित चार जनाविरूद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ।

विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरु चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो  ।

भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार हिनामिना गरेको अख्तियारले जनाएको छ ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) र दफा १७ बमोजिम बिगो रकम ५ लाख ५० हजार कायम गरी सजाय माग गरिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.