अख्तियारद्वारा रघुपति चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियारद्वारा रघुपति चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त  कार्यालय प्रमुख रघुपति चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीविरुद्ध ६३ हजार ५७७ रुपियाँको दोब्बर जरिवाना गरी पाउन माग दाबीसहित सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयाे।

उहाँका अनुसार चौधरीले वार्षिक कार्यक्रमबमोजिम कफी खेतीको प्रवद्र्धनका लागि कृषकलाई उपलब्ध गराएउने सामग्री खरीदमा अनियमितता गरेको पाइएको भन्दै मुद्दा दायर गरिएको हो ।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख चौधरीलाई भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ७ बमोजिम बिगोसहित मुद्दा दायर गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.