टिपरसँग मासिक २ हजार घुस लिने प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

टिपरसँग मासिक २ हजार घुस लिने प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवा बोक्ने टिपरसँग घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

केही दिनअघि ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रक तथा टिप्परबाट रकम असुलेकाे आरोपमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले हिगुवापार्टी ट्राफिक पोष्ट काभ्रेका प्रहरी जवान तेजप्रसाद भट्टराईलाई दुई हजार घुससहित रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारका अनुसार मेलम्चीदेखि काठमाडौंसम्म नदीजन्य पदार्थ ढुवानी गर्ने टिपरसँग भट्टराईले मासिक २ हजार रुपैयाँ घुस लिँदै आएका थिए ।

उनीविरुद्ध विहीबारै विशेष अदालत काठमाडौंमा बिगो २ हजार राखेर भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.