५० हजार रुपैयाँ घुससहित अधिकृत पक्राउ

५० हजार रुपैयाँ घुससहित अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ ।

अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको हाे । उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान अयोग, हेटौँडाले घुस रकमसहित पक्राउ गरेको हाे ।

अमात्यमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.