नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आजदेखि

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आजदेखि

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको छेन्दूमा आजदेखि सुरु हूदैँछ। १२ गतेसम्म हुने अभ्यासमा सहभागी हुन महासेनानीको नेतृत्वमा १६ सदस्यीय विशेष फौजको टोली छेन्दू गएको छ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले तालिममा सहभागी हुन आवश्यक तयारी पूरा भएको बताए।  बिम्स्टेक राष्ट्र्को संयुक्त सैन्य अभ्यासमा नेपालको सहभागितामा विवाद उत्पन्न भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले सेनालाई सहभागी हुनबाट रोकेका थिए।

प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनमा सैन्य अभ्यासले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री ओलीले अभ्यासमा सहभागी नहुन सेनालाई निर्देशन दिएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.