प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज धनकुटा जिल्लास्थित श्री नंं २ वाहिनी अड्डा र श्री बरख गणको निरीक्षण भ्रमण गर्नुभएको छ । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएपश्चात् प्रधानसेनापति थापाको यो पहिलो निरीक्षण भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी तथा गणको वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नाका साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो । साथै उहाँ आज श्री पूर्वी पृतना मुख्यालय इटहरीमा मुकाम रहनुहुने र बुधबार अन्य इकाईको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाडौँ फिर्ता हुनुहुने कार्यक्रम छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.