पृतनापति समन्वयात्मक बैठक

पृतनापति समन्वयात्मक बैठक

आजदेखि यहाँ पृतनापति समन्वयात्मक बैठक शुरु भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा शुरु भएको बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले राजनैतिक नेतृत्वलाई सदैव स्वीकार गरेको हुनाले नेपाली जनता सेनाप्रति गौरव गर्दछन् भन्नुभयो ।

रक्षामन्त्री पोखरेलले मुलुकको आवश्यकता आर्थिक समृद्धि भएकोले नेपाली सेनाको योजना र क्रियाकलाप सोहि अनुरुप हुनुपर्ने बताउनुभयो । वर्षायाम शुरु भएसँगै हुन सक्ने प्राकृतिक जोखिम र क्षति न्युनिकरणको लागि सेनालाई तयारी अवस्थामा रही नागरिकसँग सम्वादमा रहेर समस्या समाधानमा सहयोगी बन्न निर्देशन दिनुभयो ।

कठिन परिस्थितिमा पनि सेनाले आफ्नो स्वाभिमानलाई उच्च राख्न सफल भएको हुनाले आगामी दिनमा समेत सेनाको स्वाभिमान उच्च रहनेमा विस्वस्त रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले पृतनापति समन्वयात्मक बैठकको सफलताको कामना गर्नु भएको थियो ।

सो अवसरमा रक्षा सचिव विष्णु लम्सालले आफ्नो धारणा राख्नुभएको थियो । प्रधानसेनापति, रथी तथा अधिकृतहरु सम्मिलित उक्त बैठक दुई दिनसम्म चल्ने छ ।

समन्वयात्मक बैठकको शुभारम्भमा बलाध्यक्ष रथी हेमन्तराज कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझावको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.