सेनाको हेलिकप्टर खरिदमा अनियमितता

सेनाको हेलिकप्टर खरिदमा अनियमितता

क्राइमन्युज संवाददाता

महालेखा परीक्षकको कार्यालयले नेपाली सेनाको हेलिकप्टर खरिदमा अनियमितता भएको सार्वजनिक गरेको छ।

बिहीबार कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई  बुझाएको  ५५ औं वार्षिक प्रतिवेदनमा हेलिकप्टर खरिद गर्दा प्रतिष्पर्धा नगराएको, एजेन्ट भएर पनि लुकाइएको तथा मन्त्रिपरिषद्को निर्णय विपरित दुई हेलिकप्टर किन्न फरक-फरक कम्पनी रोजिएको भन्दै अनियमिता भएको देखाइएको हो।

सेनाको प्रबन्ध तथा सम्भाररथी विभागले प्रक्रिया मिचेको तथा मूल्य बढाएर खरिद गरिएको उल्लेख छ। प्रतिवेदन अनुसार २०७४ जेठ १८ गते सेनालाई हेलिकप्टर खरिदका लागि अर्थ मन्त्रालयले  १ अर्ब ६८ करोड नेपाली रूपैयाँ बजेट पठाएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.