जङ्गी अड्डामा “सेना कमाण्डको १,००० दिन” ‍कार्यक्रम

जङ्गी अड्डामा “सेना कमाण्डको १,००० दिन” ‍कार्यक्रम

प्रधानसेनापति पूर्णचन्द्र थापाको सेनापतिको कार्यकाल १,००० दिन पुरा भएको अवसरमा जंगी अड्डामा विभिन्‍न कार्यक्रम आयोजना भएको छ ।

बलाधिकृत रथी प्रभुराम शर्माबाट स्वागत तथा बधाई मन्तव्य सहित शुरु भएको उक्त कार्यक्रममा “सेना कमाण्डका १००० दिनहरु” नामक डकुमेन्ट्री प्रदर्शनी भएको थियो ।

सो अवसरमा महारथी थापाले नेपाली सेनाको नयाँ निर्माण भएको झण्डाको झण्डोत्तोलन र नेपाली सेनाको नयाँ कमाण्ड संरचना अनुसारका कमाण्ड हे.क्वा. हरुको झण्डा तथा आदर्श वाक्यहरु प्रयोगमा ल्याउनु भएको थियो भने दुई जना रथीवृन्दहरुबाट गएको १००० दिनमा भएका उपलब्धीहरुको समिक्षात्मक प्रस्तुतीकरण भएको थियो ।

“फौजको प्रश्‍न सेनापतिलाई कार्यक्रम” को दौरान महारथी थापाले सकलदर्जाहरुबाट राखिएका जिज्ञासाहरुको सम्बोधन, केन्द्रीय तहबाट संचालन भएका युद्धकार्य तथा पेशागत प्रतियोगितामा उत्कृष्ट हुने पृतना तथा बाहिनीहरुलाई पुरस्कार प्रदान, ‘१००० दिन परिवर्तनका पहलकदमीहरु’ शिर्षकको पुस्तक तथा सिपाही पाक्षिक अतिरिक्ताङ्कको विमोचन तथा प्रत्यक्ष प्रसारण मार्फत नेपाली सेनाको सम्पूर्ण युनिटहरुलाई विशेष सम्बोधन समेत गर्नु भएको थियो ।

आजकै सु-अवसरमा महारथी थापाले जङ्गी अड्डा हाताभित्र रहेको “पृथ्वी नारायण शाह अनुसन्धान केन्द्र” को प्राङ्गणमा नवनिर्मित राष्ट्र निर्माता पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण गर्नु भएको थियो भने वहुपयोगी बिरुवाहरुको वृक्षारोपण समेत गर्नु भएको थियो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.