
नेपाली सेनाको ‘एकीकरण पदमार्ग’
नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘टेकिङ ट्रेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ ।
यसका लागि छवटा पदमार्ग पहिचान गरिएको छ । धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी पदयात्रा कार्यक्रमको आयोजनासमेत गरेको छ ।
गत साल धुलिखेलस्थित तत्कालीन विष्णुदल गणको ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘यूनिफिकेशन टे«किङ टे«ेल’ प्रवद्र्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो । विष्णुदल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, सम्वद्र्धन र सैनिक इतिहास प्रवद्र्धन गर्ने उद्देश्यले छवटा पदमार्ग पहिचान गरेको थियो । विष्णुदल गण रसुवा र कालीजङ्ग गण धुलिखेल सरुवा भएपछि कालीजङ्ग गणले उक्त योजनालाई पूर्णता दिन थालेको हो । यही फागुन २० गते एकीकण पदमार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको कालीजङ्ग गणका प्रमुख सेनानी मिलन थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार पहिचान भएका छ पदमार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात् चौकोट–शारदाकोट–गोरखनाथहुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा गरिनेछ । उक्त १० किलोमिटर लम्बाइको पदमार्गमा गणले एक दिनको पदयात्रा कार्यक्रम तालिका बनाएको छ ।
काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कलासंस्कृति झल्कने स्थानलाई योजनामा समेटिएको गणपति थापाले जानकारी दिनुभयो ।
अरु समाचार
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्...
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी मु...
हमाललाई रथीकाे फूली
प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा बढुवा भएका उपरथी ईश्वर हमालल...
भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्...
मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अन...
नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान
संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेन...
कङ्गो घटनाः सेनाले सुरु गर्यो छानबिन
शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटब...
सेनाले दियो बालीनालीको क्षतिपूर्ति
नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नं ५ का २३ घरपरिवारलाई क्षतिप...
कोरोना भाइरसको संक्रमणका कारण एक सैनिकको म...
कोरोना भाइरसको संक्रमणका कारण एक सैनिकको मृत्यु भएको छ। कोरोनाका का...
सैनिक प्रवक्ता पौडेलसहित ३ अधिकृत पुरस्कृत
नेपाली सेनाका प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौडेल सहित ३ जना सै...